१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

१५०० ले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?

२७ माघ, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनकाे मूल्य तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : February 9, 2021 at 11:45 am