१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

चन्द्रागिरी हिल्सको शेयर स्पेशल प्रि ओपनमा कतिमा भयो काराेबार ?

२५ माघ, काठमाडाैँ । आज स्पेशल प्रिओपन सेसनमा चन्द्रागिरी हिल्सकाे पहिलो कारोबार भएको छ। आज चन्द्रागिरी हिल्सकाे पहिलो कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएकाे हाे। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार चन्द्रागिरी हिल्सकाे १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको थियो। शेयर कारोबारको लागि नेप्सेले सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको थियो। आइतबार उक्त रेञ्जमा कम्पनीको शेयर कारोबार खुलेको हो।

प्रकाशित मिति : February 7, 2021 at 11:24 am