५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ?

२५ माघ, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण सेयर (आइपिओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजबाट काराेबार हुने भएकाे छ । चन्द्रागिरी हिल्स लिमिटेडले माघ २३ गते नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

शुक्रबार कम्पनीकाे १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले चन्द्रागिरी हिल्सकाे पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार ०९:५९