१ असार २०८३, सोमबार | Mon Jun 15 2026

काभ्रेमा कांग्रेस परित्याग गर्ने युवा बढे, नेकपामा स्वागत गर्दै पूर्वमन्त्री बाँस्कोटा

२४ माघ, काभ्रे। पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताउनुभयो । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले थप्नुभयो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिबार नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा । अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका करीब आठ दर्जन नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले स्वागत गर्नुभएको थियो । तस्विरः राजकुमार पराजुली, रासस

उहाँले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाउनुभयो । कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताउनुभयो । सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो ।

पूर्वमन्त्री बास्कोटाले सो कार्यक्रममा कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका करिब ८ दर्जनलाइ पार्टीमा स्वागत गर्नुभएको थियाे ।

प्रकाशित मिति : February 6, 2021 at 6:20 pm