२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अब नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

२३ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलनको दिन गएको बताउनुभयो । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने बताउनुभयो ।

केही दिनअघि पुष्पकमल दाहाल प्रचण्डले मांसहारी आन्दोलन गर्ने चेतावनी दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मांसहारी आन्दोलन भनेर उहाँ (प्रचण्ड)ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’

उहाँले आफू नेतृत्वको पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुभयो । ‘कम्युनिस्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि सात दशक संघर्ष गरेको यही पार्टी हो ।’ प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : 15:18