शुक्रबार ह्रातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२३ माघ, काठमाडाैँ । साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्रातै घटेको छ । आज सुनको मूल्यमा प्रतितोला ११ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ काराेबार भएको छ । बिहिबार छापवाला सुन प्रतितोला ९१ हजार १ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा काराेबार भएको थियो । बिहाबार तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि प्रतितोला १० रुपैयाँले घटेर १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १२:४४












