१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कोलोम्बियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे संख्या ५५ हजार नाघ्याे

२३ माघ, बोगोटा । गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ ।

फाइल फाेटाे

कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने समाचारमा जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ । मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १२:१२