२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

एमसीसीले प्रचण्डको सातो उडायो, स्पष्टिकरण दिन एकबिहानै पत्रकार सम्मेलन

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहले एमसीसीबारे स्पष्टिकरण दिन एकबिहानै पत्रकार सम्मेलन गरेको छ । सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार कार्यकर्तालाइ एमसीसीबारे नाराबाजी नगर्न निर्देशन दिनुभएको थियो । प्रचण्डको सो निर्देशनको बारेमा प्रधानमन्त्री केपी शर्मा अोलीको विरूद्धमा प्रोपोगाण्डा चलाइरहेका केही मिडियाबाहेक सबैमा प्रकाशित, प्रशारिता भएको थियो ।

सर्वजनिक रूपमा चर्को अालोचना भएपछि प्रचण्डले संघर्ष समितिका नाममा शुक्रबार बिहानै पत्रकार सम्मेलन गरी प्रचण्डले एमसीसीको बारेमा निर्णय गरि नसकेको हुनाले आफूले कार्यकर्तालाइ नाराबाजी नगर्न निर्देशन दिएको बताउनुभयाे । उहाँले आफूले एमसीसी अश्वीकार पनि गरिनसकेको बताउनुभयाे ।

प्रकाशित मिति : 10:24