३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

विश्वकप फुटबलः मेक्सिकोद्वारा दक्षिण कोरिया २–१ गोल अन्तरले पराजित

१० असार, काठमाडौँ । विश्वकप फुटबलको गएरातिको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रभावशाली बनाएको छ ।

लगातार दोस्रो जितसँगै समूह एफको शीर्ष स्थानमा रहेको मेक्सिको नाकआउट चरणको नजिक पुगेको छ । दोस्रो हारले दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : १० असार २०७५, आईतवार ०९:२१