२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

माझण्डकाे हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (भिडियाेसहित)

२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहकाे हड्ताललाई चुनौती दिँदै केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौँमा मार्चपास गरेका छन् । शुक्रवार काठमाडौँमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास गरेका हुन् ।

युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

प्रकाशित मिति : 15:42