१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

खाता अद्यावधिक गराउन सेयरधनीलाई नेपाल लाइफ इन्स्योरेन्सकाे आग्रह

२२ माघ, काठमाडाैँ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्नको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ । कम्पनीकाे माघ २८ गते हुने २० औँ वार्षिक साधारण सभाबाट पारित हुने आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट सेयरधनीहरूलाई वितरण गरिने २० प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाले बैंकले खाता अद्यावधिक गर्न आग्रह गरेकाे हाे ।

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले  विगत वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाण-पत्र तथा नगद लाभांश हालसम्म  नलिएका सेयरधनीले कम्पनीको प्रधान कार्यालयको सेयर शाखामा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १५:०५