यस्ताे छ भाेलिकाे जनसभामा सहभागी हुन ओली पक्षले आह्वान गरेकाे गीत (भिडियोसहित)
२२ माघ, काठमाडाैँ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौँमा आयोजना गरेको जनसभामा सहभागी हुन आह्वान गर्ने गीत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरमार्फत गीतको भिडियो सार्वजनिक गरेका छन् ।

थापाले गीतको भिडियो शेयर गर्दै लेखेका छन्, ‘माघ २३ गते १२ बजे नारायणहिटी गेट जाऔं ! विशाल जनप्रदर्शन र सभामा सहभागी बनौं !’
प्रकाशित मिति : 12:46









