२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

चिउरा र पानी अगाडी राखेर पुलचोकको सडकमा पलेटीमा बसे प्रचण्ड

२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दहाल पुल्चोकको सडकमा पलेटीकसेर बसेका छन । बन्द सफल बनाउने भन्दै उनी सातदोबाटोमा नाराबाजी गरेर पुल्चोकमा पुगी सडकमा पलेटीकसेर बसेका हुन ।

प्रचण्डसँगै नेतृ पम्फा भुसाल लगायत पनि रहेका छन । प्रचण्डको अगाडी पत्रिका बिछ्याएर चिउरा र एक केस मिनरल वाटर राखिएको छ । फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन गर्ने चेतावनी दिएका प्रचण्डले माघ २८ मा फेरि प्रदर्शन गर्ने बताएका छन । तस्बीरहरूः विष्णु रिजालको फेसबुकबाट

प्रकाशित मिति : 10:24