अवहेलना मुद्दामा लिखित जवाफ सहित उपस्थित हुन प्रचण्डलाई सर्वोच्चकाे आदेश
२१ माघ, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लिखित जबाफ माग गरेको छ ।

प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए ।

प्रकाशित मिति : 17:11









