२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

प्रचण्डका कार्यकर्ताले कब्जा गरे तत्कालीन एमालेको फेसबुक पेज

२० माघ, काठमाडाैँ । तत्कालीन नेकपा एमालेको फेसबुक पेज पुष्पकमल दाहाल प्रचण्ड समूहले कब्जा गरेको छ । कम्युनिस्ट पार्टी नेपाल नामको भेरिफाइड पेज प्रचण्डका कार्यकर्ताले कब्जामा लिएका हुन । उनीहरूले पेज कब्जामा लिएर जनवरी १३ मा प्रोफाइफ परिवर्तन गरे पनि फ्रेबुरी २ अर्थात आजदेखि गुटको गतिबिधि पोस्ट गर्न थालेका छन ।

तत्कालीन एमालेले स्थानीय निर्वाचनको समयमा फेसबुक लाइभ गरेकै शैलीमा प्रचण्ड समूहका नेता विष्णु रिजाल लगायतले उक्त पेज प्रयोग गर्न थालेका छन । तत्कालीन एमालेकै हुँदादेखि नै योगेश भट्टराइले गुटका र आफ्ना गतिबिधि प्रचारमा प्रयोग गर्ने गरेको पेज उनीहरूले कब्जा लिएर गतिबिधि अघि बढाएका हुन । पहिला एमालेकै नाममा पेज भए पनि पार्टी एकीकरण पछि उक्त पेजको नाम परिवर्तन गरिएको थियो ।

प्रकाशित मिति : 21:52