ओली पक्षको जनसभा अघि नै भयमा प्रचण्ड–नेपाल समुह
१८ माघ, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते गर्न लागेको जनसभाबाट प्रचण्ड–नेपाल समुह भयमा देखिन थालेको छ । प्रचण्ड–नेपाल पक्षले गरेको धर्ना कार्यक्रममा सोचे जति मानिस उपस्थित नभएपछि ओली पक्षमाथी आरोप लगाउन शुरु गरेको हाे ।
प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएसँगै ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँमा गर्ने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरिने भएको छ । उक्त जनसभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन् ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइने जानकारी दिइएको छ ।
सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुनेछ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।
सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको र्यालीसमेत गरिने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा लाख बत्ती बाल्नु, चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गर्नु’, जनतालाइ अल्मल्याउने कोशिश गरिएकाे आरोप सुरेन्द्र पाण्डेले लगाएका छन्।’
प्रकाशित मिति : 14:59









