२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेकपा नुवाकोटको जिल्ला भेला सोमबार विदुरमा, हजाराैँ कार्यकर्ता सहभागी गाराउने तयारी

-प्रशान्तजंग पाण्डे

१८ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटको कार्यकर्ता भेला भोलि विदुरमा हुँदैछ । नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भेला हुन लागेको नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार भेलामा उर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि नेकपा नुवाकोटको जिल्ला कमिटीको विस्तरित बैठकले जिल्ला कमिटीको विस्तर गरेको थियो ।

सोमबारको कार्यक्रम विदुर नगरपालिका वडा नम्बर २ को दम्की (नेपाली सेनाको व्यारेक)सँगै रहेको खुला चौरमा भेला हुने बताइएको छ । भेलाको तयारी स्वरूप शनिबार अनेरास्वियूको नुवाकोट आदर्श बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बेलकोटगढी नगरपालिकाको रातमाटेमा विशेष कार्यक्रम गरेको थियो । भेलामा नेकपाका पाँच जना केन्द्रीय सदस्य पुगेका थिए ।

भेलाको सफलताका लागि नेकपा नुवाकोटले आर्थिक व्यवस्थाको काम व्यवस्थित गर्न बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्रमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ ।समितिमा तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती उपसंयोजक रहेका छन ।

सोमबारको भेलामा हरेक पालिकाबाट कम्तिमा एक हजार जना नेकपाका नेता, कार्यकर्ता र शुभेच्छुकले सहभागिता जनाउने अनुमान गरिएको नेकपा नुवाकोटका जिल्ला कमिटी सदस्य अनुजकुमार श्रेष्ठले जानकारी दिए । नुवाकोटमा १२ वटा पालिका रहेका छन ।

प्रकाशित मिति : 09:16