५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

मेयरले बहिष्कार गरेकाे सिटी हल शिलान्यासमा भरतपुर महानगरका ७ जना वडाध्यक्ष सहभागी

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण थालिएकाे सिटी हल र गोन्द्राङ पुल्चोक ६ लेन सडक विस्तारको शनिबार शिलान्यास गर्नुभयाे । प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रमको भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड माधव समूहले बहिष्कारको घोषणा गरेका थिए । तर, शिलान्यास कार्यक्रममा नेकपाकै ७ जना वडाध्यक्ष सहभागी भए ।

भरतपुर वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नं. ४ का हरि आचार्य, वडा नं. ११ का बाबुराम अधिकारी, वडा नं. २३ का नरीनारायण पौडेल, वडा नं. २४ का कान्छा मल्ल, वडा नं. २८ का आशबहादुर कुमाल र वडा नं. २९ का मानबहादुर थापामगर सिटी हल शिलान्यास कार्यक्रममा सहभागी बनेका हुन् । महानगर मेयर रेनु दाहालले शुक्रबार महानगरमा पत्रकार सम्मेलन गरी कार्यक्रम बहिष्कार गर्ने सहभागी हुन नसकिने जनाएकी थिइन् ।

भरतपुर ४ का वडाध्यक्ष हरि आचार्यले मूलुकको प्रधानमन्त्री आफ्नो महानगरमा विकासको काममा आउँदा नजाने वा बहिष्कार गर्ने भन्ने प्रश्नै नहुने बताए । ‘कसैलाई चित्त बुझ्ला नबुझ्ला, केही गुनासा होलान् ति अलग विषय हुन् तर विकासका विषयमा राजनीति गर्नु हुँदैन’ वडाध्यक्ष आचार्यले भने, ‘वहिष्कार गर्नुपर्ने वा सहभागी हुनुनपर्ने कुनै कुरा छैन ।’ नारायणी अनलाइनबाट

प्रकाशित मिति : January 30, 2021 at 8:16 pm