प्रचण्ड अवसरवादी र प्रतिगामीका मतियार हुनः गृहमन्त्री बादल
१७ माघ, चितवन । गृहमन्त्री रामवहादुर थापा बादलले विभाजित पार्टी छाडेर गएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी र प्रतिगामी नेताको संज्ञा दिएका छन् । गृहजिल्ला चितवनमा आज नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले यस्तो संज्ञा दिएका हुन् ।
गृहमन्त्री थापाले प्रचण्ड पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । प्रचण्ड र आफ्नोसमेत गृहजिल्ला चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री वादलले गल्ति स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताए ।

प्रचण्डप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका बादलले सर्बोच्च अदालतले विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रगितामी हुँकारको संज्ञा दिए ।
प्रकाशित मिति : 17:38









