निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट ल्याउने उमेद्धवार मात्र चिन्छः उपप्रधानमन्त्री
१५ माघ, काठमाडाैँ । नेकपाका सचिवालय सदस्य उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उमेद्धवारलाई मात्र चिन्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता नतोडिनु वताउनुभयो ।
निर्वाचन आयोगमा गएर चुनाव नगर्न भनेर नधम्क्याउन समेत उहाँले आग्रह गर्नुभयो । राजनीतिक रुपमा कु गरेर अस्थिरता सुरु गर्ने अस्थिरतापूर्ण कार्यहुन लागेकाले त्यसका विरुद्ध ताजा जनादेशमा जानुपरेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उहाँले प्रचण्डको ढुलमुले प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको वताउनुभयो । प्रचण्डमा एउटा सहमति गर्ने अनि काम अर्को गर्ने प्रवृति चुनाव देखिनै देखिएका दृश्टान्त प्रस्तुत गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रचण्ड माधव समूहले केन्द्रमा पार्टी र राजकीय सत्ता कब्जा गर्न नसकेपछि प्रदेश कब्जा गर्न खोजेको भन्दै त्यो पनि असफल वनाइने वताउनुभयो नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले केपी ओलीलाई सडकमा पुरयाउछौ भन्नेहरु आफै सडकमा पुगेका वताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सूर्य चिन्ह केपी ओली नेतृत्वको नेकपाकै हुने दावी गर्नुभयो ।
मन्त्री कार्कीले भन्नुभयो उहाँहरु वयलगाडा लिएर हिडिरहनुभएको छ निर्वाचन आयोगले सायद उहाँहरुलाई वलयगाढा चिन्ह दिने छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले सुनसरीमा गुमेको कम्युनिष्ट वर्चस्व अव फिर्ता गराइने दावी गर्नुभयो । केन्द्रीय सदस्य भगवति चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्यहरु तैयव हुसेन र रेवती भण्डारीले सम्वोधन गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद लिलम वस्नेतले स्वागत ब्यक्त गर्नुभयो ।
प्रकाशित मिति : 19:57









