२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

लोकतन्त्रलाई अझ मजबुत गराउनुपर्दछः मुख्यमन्त्री गुरुङ

१५ माघ, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्र नचाहने शक्तिहरुले लोकतन्त्रलाई खुइल्याउन सक्रिय भइरहेको बताउनुभएको छ । बेँसीशहरमा आज आयोजित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङको १४औँ साधरणसभामा मुख्यमन्त्री गुरुङले प्रतिपक्ष, आन्तरिक पक्ष र सबैतर्फबाट स्थिर सरकार कमजोर बनाएर लोकतन्त्र खुइल्याउन लागि रहेका छन् भन्नुभयो ।
उहाँले पत्रकारलाई सत्य तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आग्रह गर्दै नेपालमा स्थिरता सबैको मिसन हुनुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेस र जसपा मिलेर सरकार बनाउन सक्ने अवस्था थिएन त्यसैले कम्युनिष्ट पार्टी फुटाउने खेलमा बाहिरी शक्ति लाग्यो भन्नुभयो । गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारीलगायतले पत्रकार विभिन्न समस्यमा परी रहे पनि राज्यले विशेष भूमिका निर्वाह गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 18:00