भुमिहिन र सुकुम्बासीकाे बसोबासको व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभारः उपप्रधानमन्त्री
१५ माघ, उदयपुर । उपप्रधानमन्त्री इश्वर पोखरेलले भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । सदियौदेखि जग्गा भोगचलन गर्दै आएपनि लालपुर्जा नपाएर सुकुम्बासी जीवन व्यति गर्दै आएका सबै नेपालीलाई लालपुर्जा हातहातमा पुर्याउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जिल्लाको प्रमुख व्यापारिक केन्द्र कटारीमा आयोजना गरेको वृहदजनसभामा बोल्दै पोखरेलले ७७ जिल्लामै अधिकार सम्पन्न आयोग गठन गर्ने गरी प्रकृया सुरु गरिएको बताए । उनले भने, ‘अव कोही नेपाली लालपुर्जा नपाएर बस्नु पर्ने छैन्, सधाका लागि समाधान हुने गरी कानुन कार्यविधी तयार पारी अधिकार सम्पन्न आयोग गठन गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले सुखी र समृद्ध नेपाली वनाउने अभियानलाई सार्थक बनाउन विकासका लहर सूरु गरिएको दावि गरे ।
‘तराईका बीसभन्दा बढि जिल्लाका जनताको समृद्धीको चाहाना हुलाकी राजमार्ग दु्रतगतिमा अघि बढेको छ,उनले भने, बर्षौदेखि अल्झिएको यो मार्गलाई गतिशिल बनाउन यसैबर्ष चार अर्व बढि वजेट विनियोजन भई काम अघि बढेको छ । यसकासाथै मदन भण्डारी राजमार्ग, पुर्वपश्चिम रेलमार्गका कामसमेत सरकारले प्राथामिकतामा राखेर अघि बढाएको दावि गरे ।
समृद्धी सपना देख्न नचाहने र विकासलाई सधै हावामा उढाउनेहरुका लागि चिन र भारत जोड्ने गरी छुट्टा–छुट्टै रेलमार्ग यहीँ सरकारले सुरु गर्ने उनले बताए । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मि सडकको स्तरोन्नतीको माग गर्दै बुझाएको ज्ञापनपत्रमा उपप्रधानमन्त्री पोखरेलले रातोकितावमा परिसकेकाले अपुग रकम आगामी बर्ष सम्बोधन गरीने विश्वास व्यक्त गरे ।
पार्टी भित्रको विवादका बिषयमा नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपपत्र फिर्ता र निर्वाचनलाई स्वीकार गरे पार्टी एकता हुन सक्ने संकेत गरे ।

उनले प्रचण्डले बैठकमा पेस गरेको अनैतिक, अलोकतान्त्रिक, संबिधानविरोध आरोपपत्र नै पार्टी विभाजनको मुख्य आधार भएकाले फिर्ता लिएमात्र एकताका लागि छलफल गर्न सकिने स्पष्ट पारे । उनले पार्टीका आफुनिकटका सांसदलाई विशेषअधिवेशनको माग गर्न लगाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखी निकाल्ने प्रचण्ड माधव नेपाल समुहको योजना थाहाभएरै संसद विगठन गर्नु परेको आरोप लगाए ।
उनले भने,‘केपी ओलीको नाम लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन धक्का दिन थाल्ने, यो अनैतिक र अलोकतान्त्रिक कार्य हो ।’ निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्री ओलीमाथिको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा सहभागि हुन दाहाल र नेपाललाई उनले आग्रह गरे ।
महाधिवेशनसम्म सहमतिमै जाने निर्णय भएकाले सहमति विपरित वहुमत र अल्पमतको धम्मास दिएर प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाए । ‘जनता न्यायाधीश हुन्,जनताको बीचमा गएर जनादेश लिन के को अप्ठ्यारो’ पोखरेलले भने, ‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र सफल हुन दिँदैनौं ।’
सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ । उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट निशुल्क लगाउन सुरु गरिएकाले सबैलाई सहभागि हुन आह्वान गरे ।
प्रकाशित मिति : 11:02









