२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाविरुद्धको खोप पाउनेछन्ः प्रधानमन्त्री ओली

१४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने बताउनु भएकाे छ ।

काेराेना खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई कोरोनाविरुद्धको नि:शुल्क खाेप उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएकाे हाे‌। ‘सबै नेपालीलाई कोरोनाविरुद्धको खोप नि:शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे।

आफूले खतरा मोल्न तयार भएर अरुलाई  कोभिडविरुद्ध बचाउन खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिनुभएकाे छ साथै काेराेना संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ‌। गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो ।

प्रकाशित मिति : 11:56