१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१४ माघ, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य ताेलामा ७०० ले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ११:३१