१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

घट्याे सुनको मूल्य, कति पुग्याे ताेलामा ?

१२ माघ, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनकाे मूल्य २०० ले घटेकाे हाे ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार छापावाल सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । आइतबार छापावाल सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । ३ दिनदेखि चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

प्रकाशित मिति : January 25, 2021 at 11:17 am