२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

रसुवामा माधव अर्याल बाहेकका पूर्व एमाले सबै ओली नेतृत्वको नेकपामा

१० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको ध्रुवीकरण तीब्र बनेको छ । रसुवा जिल्लामा पार्टी विभाजनको समयमा केन्द्रीय सदस्य माधव अर्यालको पछि लागेका जिल्ला अध्यक्षसहित नेताहरू शनिबारबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा क्रियाशिल भएका छन ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रसुवाका नेकपा अध्यक्ष कर्न्याल लामासहितका नेताहरूले छलफल गरेपछि लामा नेतृत्वको सम्पूर्ण जिल्ला कमिटी ओली नेतृत्वको नेकपमा क्रियाशिल हुने निष्कर्षमा पुगेका हुन । योसँगै रसुवाबाट पार्टीको केन्द्रीय सदस्य बनेका पूर्व एमालेका माधव अर्याल करिब एक्लो भएका छन । पूर्व माओवादीका धेरै कार्यकर्ता यसअघि नै प्रेम तामाङसँगै नेपाली कांग्रेसका गतिबिधिमा सहभागी हुँदै आएका थिए ।

कर्यन्याल लामाले नेकपाको मुलधारको यात्रा तय गरेकै दिन नेकपाको बागमती प्रदेशको कार्यालयमा गइ अध्यक्ष र सचिवालाइ बधाइ दिएर यसअघिका अध्यक्ष नारायण दाहाललाइ कारबाही गर्ने निर्णय गरेको माइन्युटमा हस्ताक्षर गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेश अधिकारीले जानकारी दिए ।

लामालाइ मुलधारको नेकपामा प्रतिवद्ध बनाउने अभियभानमा नेकपाका केन्द्रीय सदस्यहरू जनार्दन ढकाल,छोवाङ्ग तेन्जिन तामाङ, कुल प्रसाद भट्ट, अशोक कुमार घिमिरे लगायत प्रधानमन्त्री निवासमा पुगेका थिए । उनीहरू नेकपाको बागतमी प्रदेशको कार्यालयसम्म पनि सँगै गएका थिए । योसँगै रसुवामा नेकपाको प्रचण्ड र माधवकुमार नेपाल मसूहलाइ संगठन बनाउन समेत कठिन हुने देखिएको छ ।

प्रकाशित मिति : 17:00