२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पूर्व जनमुक्ति सेनाले नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउने छैनन्ः प्रधानमन्त्री ओली

१० माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा कमाण्डरहरूसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले विगतमा पार्टी नेतृत्वले धोका दिए जस्तो नहुने भन्दै राजनीतिक रूपमा सबै समस्याको समाधान गर्ने बताउनुभएको छ ।


प्रधानमन्त्री ओलीले जनमुक्ति सेनाले जनयुद्धको अवधिमा गरेको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान व्यक्त पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

प्रकाशित मिति : 17:12