२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

अदालतले सरकारको निर्णय सदर गरे फेरि द्धन्द्ध निम्त्याउने प्रचण्डको चेतावनी


९ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरी सडक कब्जामा लागेका पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालले निर्वाचन गर्ने सरकारको निर्णय सदर गरे देशमा शान्ति भंग भएर द्धन्द्ध सुरू हुने चेतावनी दिएका छन । काठमाडौँ आसपासका जिल्लाबाट कार्यकर्ता कठामाडौँको सडकमा उतारेर भाषण गरेका प्रचण्डले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी दिए ।

सर्वोच्च अदालतलाई लक्षित गर्दै प्रचण्डले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए । उनले भने ‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन ।’

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १६:५५