१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड, भाग्यमानी २ जनाले प्राप्त गरे ११ कित्ता शेयर

९ माघ, काठमाडाैँ । चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँड गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन्। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता १ सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। भने बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

प्रकाशित मिति : January 22, 2021 at 11:01 am