१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

महिला सहयात्रा लघुवित्तले घोषणा गर्याे लाभांश, नगद र बोनस कति ?

८ माघ, काठमाडाैँ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

संस्थाकाे माघ ७ गते बसेको सञ्चालक समितिको १२२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : January 21, 2021 at 12:05 pm