१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

चन्द्रागिरी हिल्सको आइपिओको प्रिअलटमेन्ट सम्पन्न, शुक्रबार भित्र शेयर बाँडफाँड हुने

७ माघ, काठमाडाैँ । आज चन्द्रागिरी हिल्सको आइपिओको प्रिअलटमेन्टको काम सम्पन्न भएको छ । भर्खरै प्रिअलटमेन्टको काम सम्पन्न भएको कम्पनीको आइपिओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँड हुनेछ । क्यापिटलले शुक्रबार भित्र कम्पनीकाे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता १ सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।

कम्पनीको आइपिओमा १३ लाख ९६ हजार २२ कित्ताका लागी १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेको छ । यो कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् भने बांकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुने निष्चित छ ।

प्रकाशित मिति : January 20, 2021 at 5:12 pm