१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

७ माघ, काठमाडाैँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य ताेलामा ५०० ले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुनकाे मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको  छ ।


महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।  बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : January 20, 2021 at 11:31 am