नेकपा बागमती अध्यक्षमा पोखरेल र सचिवमा लोहनी
६ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीको अध्यक्षमा दोलखाका आनन्द पोखरेल चयन भएका छन । त्यस्तै सचिवमा धादिङका खेम लोहनी चयन भएका छन । मंगलबार प्रदेश कमिटीको बैठकले माअाेवादी नेता नारायण दाहाललाइ कारबाही गर्दै अध्यक्षमा पोखरेल र सचिवमा लोहनी चयन भएका हुन ।

पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसकेका नेता हुन् भने खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित भएका थिए । उनी २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति भएका थिए । २१९ सदस्यीय प्रदेश कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले नयाँ नेतृत्व चयन गरेको पोखरेलले बताएका छन ।

प्रकाशित मिति : 21:42









