२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

‘प्रचण्डले क्यान्टोनमेन्टबाट आफन्तका लागि सातदेखि सय पुस्ता पुग्ने सम्पत्ति थुपारे’

-पवित्रा मुडभरी 

६ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले कलेजका विद्यार्थीलाई क्यान्टोनमेन्टमा राखेर आफन्तको समेत सात पुस्ताका लागि पुग्ने सम्पत्ति थुपारेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा नेकपा नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डले आफू आफ्ना आफन्त समेतका लागि सात पुस्ताका लागि पुग्नेगरी सपत्ति जोडेको बताउनुभयो । प्रचण्डले सत्ता र शक्तिको उपयोग आफन्त र पैसाका लागिमात्र गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सत्तामा गएपछि न घाइते हेरेको छ रु न त सहिद परिकारको अवस्था हेरेको छ, न त अशक्त हेरेको छ, न बालबच्चा हेरेको छ न बिधवा केही हेरेको छ रु केही पनि हेरेको छैन । अनि क्यान्टोनमेन्टमा तानेर लगेका विद्यार्थीहरूको नाममा पैसा लिएर । युवाहरूको नाममा पैसा लिएर अनि आफ्ना नातागोताको सातदेखि सय पुस्ता पुग्ने गरी सम्पत्ति थुपारेर राखेका छन ।’

प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन नेतारकार्यकर्तालाइ आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।”

उहाँले प्रचण्डले युवालाई भड्काउन खोजेको भन्दै मांसाहारी आन्दोलन भनेको मान्छे टोक्दै हिड्ने हो भनेर प्रश्न गर्नुभयो । बाध्यताले दिएकोमात्र बलिदानी हुने भन्दै प्रधानमन्त्री ओलीले मलाइ मर्न लाग्यो भनेर मर्नु आत्महत्या हुने बताउनुभयो । प्रधानमन्त्रीको सम्बाेधन भोलि दैनिकीमा विस्तृतमा प्रकाशन गरिनेछ । 

 

प्रकाशित मिति : 21:49