७ असार २०८३, आइतबार | Sun Jun 21 2026

संवैधानिक इजलासमा मंगलबारकाे सुनुवाई सुरु

६ माघ, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।


यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए। यतिखेर सवैको ध्यान सर्वोच्च अदालतले गर्ने न्याय निरुपणमा केन्द्रित भएको छ ।

प्रकाशित मिति : January 19, 2021 at 12:48 pm