१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

माघ १६ र १७ गते राईट टु सोमेश्वरगढी (भरतपुर टु माडी) साइकलयात्रा हुदैँ

४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु सोमेश्वरगढी हुने भएको छ । भरतपुर महानगरबाट सुरु हुने साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज हुँदै नेपाल भारतको सिमाना सोमेश्वरगढीमा पुगेर सम्पन्न हुनेछ ।

माघ १६ गते साइकलयात्रीहरु ऐतिहासिक स्थल माडी नगरपालिकाको होमस्टेमा आएर बस्नेछन । १७ गते माडी घुमेर साइकलयात्रीहरु भरतपुर फर्कने कार्यक्रम संयोजक तथा सक्रिय महिला साइकलयात्री रुक्मिणी सापकोटाले बताउनु भयो । चितवनमा साइकल संस्कृतिको प्रवद्र्धनमा सोमेश्वरगढी साइकल यात्राले धेरै सहयोग गर्ने केशव घिमिरेले बताउनु भयो ।

कार्यक्रममा ७० भन्दा बढी साइकलयात्री सहभागी हुने वा वाइक का डा. जीवन क्षेत्रीले बताउनु भयो । यस साइकलयात्रामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क सहभागी गराइने छ । अन्य विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा सहभागी गराइ साइकलयात्रामा युवाहरुको सहभागीता बढाउन लागिएको संयोजक रुक्मिणी सापकोटाले बताउनु भयो । स्थानीय संस्कृति, प्रकृतिको अनुभव गराउन साइकलयात्रा कोसेढुंगा हुने चितवनका साइकलयात्री नविन खरेलले बताउनु भयो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १९:०६