३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

प्रेम बानियाँले रविको पक्षमा लड्ने, यसो भने फेसबुक मार्फत

७ असार, काठमाडाैँ । नेपालमा पत्रकारिता गर्दा बाध्यताले विदेशिएका नेपालीको सतोसराप्न गर्ने प्रेम बानियाँले रवि लामिछानेका पक्षमा अाफू लड्ने बताएका छन । रविका बारेमा प्रेम बानियाँले अाफ्नो फेसबुकमा यस्तो लेखका छन ।

एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म ।

आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कतिकतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् !

आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !!

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार ०९:१६