१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सरकारको अर्को लोकप्रिय काम, उद्योगहरूले पाए बिजुलीको डिमान्ड शुल्कमा छुट

५ माघ, काठमाडौँ । सरकारले अर्को लोकप्रिय निर्णय गरेको छ । कोरोनाका कारण प्रभावित बेनका उद्योगले केही राहत महशुस हुने सरकारले विजुलीको डिमान्ड चार्जमा छुट दिन निर्णय गरेको छ । सरकारको आजदेखि उद्योगले तिर्ने डिमान्ड चार्जमा छुट दिने निर्णय गरेको हो ।

सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड चार्जमा छुट दिने भएपछि व्यवसायी खुशी भएका छन । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए ।

व्यवसायीको आग्रहअनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले विज्ञप्तिमा निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट कार्यान्वयन हुने जनाएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०८:४७