१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

सिवाईसी लघुवित्तले आईपीओ निष्कासन गर्ने

३ माघ, काठमाडाैँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । सिवाईसीको दोश्रो वार्षिक साधारण सभाले सर्वसधारणका लागि आईपीओ निस्काशन गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिवाईसीले नेपाल राष्ट्र बैंकबाट प्रक्रिया पुर्याएर धितोपत्र बोर्डमा अनुमति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

साधारण सभाले संस्थाको प्रवन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य इजाजत पत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : January 16, 2021 at 12:27 pm