जनतासँगको बाचा पूरा गर्ने मन्त्रीः जो भीर काटेर मोटरबाटो बनाइ गाडी चढेर गाउँ पुगे
३ माघ, काठमाडाैँ । कतिपय नेताहरूले चुनावमा असम्भ कुरा गर्छन र त्यो वर्षौसम्म पूरा गर्न सक्दैनन् । तर कतिपय नेता असम्भवजस्तै लाग्ने बाचा पूरा पनि गर्छन । त्यस्तै अपवाद नेता हुन गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेत ।

बस्नेतले चुनावका समयमा भोट माग्न जाँदा गाउँलेका बीचमा गरेको असम्भव जस्तै लाग्ने बाचा पूरा गरेका हुन । ढुंगैढुंगाको पहरो काटेर सडक बन्ला भनेर गोरखाको धार्चे ५ सिंग्लाबासीले सोचेका पनि थिएनन् तर मन्त्री बस्नेतको अगुवाइमा त्यो पूरा भएको छ ।
उनले चुनावको समयमा म यस गाउँमा आउँदा गाडी चढेरमात्र आउँछु भनेर भोट मागेका थिए । उनले तीन वर्षमै त्यो बाचा पूरा गर्दै सिंग्लामा मोटरबाटो पुर्याएका छन । त्यहाँका स्थानीयलाइ खुशी दिएका छन । बारपाक-लाप्राक-सिंग्ला मोटरबाटोको हिजो माघ २ गते मन्त्री बस्नेतले उद्घाटन गरेका छन ।

सो कार्यक्रममा स्थानीयले उनको भव्य स्वागत गरे । सो मोटरबाटोमा पहिलो पटक मन्त्रीसहित पर्यटन व्यवसायी तारानाथ लामिछाने दिनेश लगायतका व्यक्ति पनि सिंग्ला पुगेका थिए ।

प्रकाशित मिति : 09:54









