आफैँ निस्केर सडकमा पुगेका प्रचण्ड र नेपालले केपी ओलीलाई नेकपाबाट निकाल्ने !
२ माघ, काठमाडाैँ । आफैँ निस्केर सडकमा पुगेका नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएका छन । नेकपा विभाजन गरेर सडकमा पुगेका नेताद्धयको शुक्रबार भएको स्थायी कमिटी बैठकले पार्टीबाट निस्कासन गर्ने प्रयोजनका लागि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शुक्रबार माओावादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरित काम गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको बताइएको छ । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठक पछि प्रचण्ड समूहका नेता भीम रावलले जानकारी दिए ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : 19:30









