६ असार २०८३, शनिबार | Sun Jun 21 2026

नेपाल पुनर्बीमा कम्पनीले मनायो पाँचौं वार्षिक साधारण सभा

२ माघ, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ।

उक्त साधारण सभाले आ।व। २०७६(०७७ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कं। चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। साथै, नियमावलीको नियम २७ को उपनियम अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ।

साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ। सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित मिति : January 15, 2021 at 3:07 pm