१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

लाभांश पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो वार्षिक सभा

२ माघ, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २५ गते बिहान ११ बजे अकामा होटल, सुकेधारामा आठौँ वार्षिक साधारण सभा आह्वान गरेकाे हाे। पुस १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ २५ गते अकामा होटल, सुकेधारा काठमाडौँमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूाजीको २.५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी कम्पनीका संस्थापक सेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी संचालकहरुको निर्वाचन पनि गरिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १२ गतेका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता हुन पाउने छन्।

प्रकाशित मिति : January 15, 2021 at 10:54 am