७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सर्वोच्च र निर्वाच आयोगले ओलीको पक्षमा निर्णय दिए आँधीहुरी आउँछः प्रचण्ड

२९ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा निर्णय दिए सडकमा आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएका छन । बुधबार काठमाडौँमा भएको एउटा भेलामा प्रचण्डले अदालत र आयोगलेले ओलीको पक्षमा निर्णय दिए आफूहरूलाइ मन्य नहुने बताए ।

उनले केन्द्रीय समितिको दुई तिहाई वहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाए । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारीक पार्टी हुने दाबी गरे ।

फाइल फोटो ।

उनले भने “हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सुर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहा कयामत आउँछ । यहाँ आँधी हुरी बतास आउँछु । केपी ओलीले संविधान मिचे जस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटु माथि छुरा प्रहार गर्या जस्तै यदि अरु संबैधानिक निकायहरुले पनि त्यही गर्न थाले भने यो देश यी नेपाली जनता हेरेर बस्न सक्छन् ? आँधी हुरी बतास आउँछ । ”

प्रकाशित मिति : January 13, 2021 at 6:48 pm