१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश परिमार्जन

२९ पुस, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लभांश परिमार्जन गरेकाे छ। लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश दरलाई घटाएर संशोधित लाभांश प्रस्ताव गरेको हो। पुस २८ गते बसेको लघुवित्तकाे सञ्चालक समितिको  बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर घटाएको हो। उक्त बैठकले यस अघिको लाभांश दरलाई संशोधन गर्दै गत आर्थिक वर्षको मुनाफाबाट ९.२० प्रतिशत बोनर र ०.४८ प्रतिशत कर प्रयोजनको लागि नगद गरी ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यस अघि लघुवित्तले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : January 13, 2021 at 12:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/