५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

ज्योति विकास बैंकको शेयरमूल्य समायाेजन

२९ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति विकास बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।

बैंककाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले पुस २८ गतेकाे अन्तिम कारोबार मूल्य २४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंककाे १३औं वार्षिक साधारण सभा माघ १४ गते हुँदैछ ।

सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : January 13, 2021 at 10:14 am