५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन

२८ पुस, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेकाले बैंकको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ। नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैकले आजका लागि बुकक्लोज मिति तोकेकाले हिजो सम्म कायम शेयर धनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे माघ १६ गते हुने १९ औँ साधारण सभाले पारित गरेपछी उक्त लाभांश वितरण गरिने छ ।

प्रकाशित मिति : January 12, 2021 at 10:52 am