नेकपाको लिखु गाउँपालिकाको बैठकः अधिकांश भन्दा बढी नेता मुलधारको नेकपामा
२६ पुस, नुवाकोट । नेकपा नुवाकोटको लिखु गाउँपालिका स्तरिय बैठकले आफुलाई मुलधारको नेकपाको पक्षमा उभ्याएको छ । नेकपा लिखु गाउँपालिकाका अधिकांस नेकपा सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले चाल्नु भएको कदमको स्वागत गर्दै आफुहरु नेकपा मुलधारमा रहेको सन्देश दिएको छन । लिखु गाउँपालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधि मुलधारको नेकपामा खुलेका छन ।

नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशको नेकपाका प्रमुख सचेतक केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विन्दा ढुंगाना, नेकपा प्रदेशसभा सदस्य एवं नुवाकोट नेकपाका नेता बद्री मैनाली लगायतले उक्त बैठकमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।

नेकपाका अधिकांस स्थानिय नेता तथा अगुवा कार्यक्र्ता उत्त बैठक मा उपस्थित थिए । लिखु गाउँपालिकाका नेकपा अध्यक्ष मेघ नारायण श्रेष्ठको अध्यक्षतामा उक्त बैठक भएको थियो । कार्यक्रममा आफ्नो भनाइ राख्दै बागमती प्रदेशका नेकपाका प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले बाध्यात्मक कारणले संसद बिघटन गर्नु परेको र त्यो पुर्ण संबैधानिक रहेको बताए ।
त्यसैगरी बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले केपी ओलीले राष्ट्रियता र बिकासका लागि लिएको एजेण्डाबाट आत्तिएर देशी बिदेशी शक्ती गठजोड गरी ओलीलाई हटाउने असफल प्रयास गरेको र उक्त षडयन्त्र असफल पार्न ओलीले संसद विघटन गरेको बताए ।

उहाँले प्रधानमन्त्रीले चुच्चे नक्सा जारी गरेपछि भारतीय भत्ता खाएर नेकाको राजनीति गर्नेहरूले असहयोग अभियान नै चलाएको बताए । उनले नुवाकोटको बिकासमा ओली सरकार आएपछी धेरै काम भएको र टोखा छहरे सुरुङ मार्ग पनि छिट्टै सुरु हुने बताए ।
बैठकले लिखु गाउँपालिकाका वडा कमिटीहरु पुनर्गठन गरेको छ । उक्त बैठकमा नेपाली कांग्रेश परित्याग गरी नेकपा प्रबेश गर्नुहुने युबाहरुलाई प्रमुख सचेतक पाण्डे प्रदेशसभा सद्स्य बद्री मैनाली लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : 22:30









