युनिसेफको गाडीले लाजिम्पाटमा मोटरसाइकललाई ठक्कर दिँदा ट्रपिस नेपाल गम्भीर घाइते
५ असार, काठमाडौं । युनिसेफको गाडीले लाजिम्पाटमा मोटरसाइकललाई ठक्कर दिँदा चालक ट्रपिस नेपाल गम्भीर घाइते भएका छन । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइते नेपाल काठमाडौंको चण्डोलका रहेको प्रहरीले जनाएको छ । नेपालले चलाएको मोटरसाइकललाई युनिसेफको ६६–०–००८२ नम्बरको कारले ठक्कर दिएको हो । ठक्करबाट मोटरािइकलको अगाडीको भाग टुक्राटुक्रा भएको छ । युनिसेफका गाडी चालक नेदरल्याण्डका नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ५ असार २०७५, मंगलवार १६:५८