२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

नेपालमा कोरोना विरुद्धको खोप छिट्टै ल्याउछाैँः प्रधानमन्त्री ओली

२६ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप ल्याउने बताउनु भएकाे छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा चाँडै कोरोनाविरुद्धको खोप ल्याउने तयारी रहेकाे बताउनुभएकाे हाे । ‘हामी अब छिट्टै काेराेना भ्याक्सिन ल्याउने तयारीमा छौँ। ,’ उहाले भन्नुभयाे, ‘काेराेना संक्रमण शुरु हुँदादेखि नै मैले भनेको थिएँ, सर्वसाधारणकाे जीवन सुरक्षानै सरकारकाे पहिलो कर्तब्य हो।’

प्रकाशित मिति : January 10, 2021 at 2:47 pm